केटाहरू बाेलाएर श्रीमती माथि सामुहिक बलात्कार
मकवानपुरमा एक श्रीमानले केटाहरु बोलाएर श्रीमतीमाथि सामूहिक बलात्कार गराएका छन् ।

मनहरी ५, स्थित आफ्नै घरमा भएको सामूहिक बलात्कारमा उनी स्वयं संलग्न रहेको बताइएको छ ।

५० वर्षीया पीडित महिलाले आफूमाथि श्रीमानकै संलग्नतामा सामूहिक बलात्कार भएको भन्दै १ कात्तिकमा मकवानपुर प्रहरीमा जाहेरी दिएका थिइन्।
मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालले पीडित महिलाले दिएको उजुरीका आधारमा उनका श्रीमानलाई पक्राउ गरिएको बताए ।
उनलाई शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
३० असोजको राति ६० वर्षीय श्रीमानसहित १९ र २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छन् । तर, ती युवाको पहिचान गर्न नसकेको उनको भनाइ छ ।
उनीहरुको खोजी भइरहेको डीएसपी अर्यालले बताए । पीडित महिलालाई भने हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ ।
























