०८४ मा हामीले १४० सांसद ल्यायौँ भने यिनीहरूको हालत के हुन्छ ? डा स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछाने चाँडै रिहा हुने बताएका छन् । शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधनका क्रममा वाग्लेले चाँडै रिहा भएर लामिछानेले पार्टीको नेतृत्व अझ सशक्त ढंगले गर्ने दाबी गरे ।

उपसभापति वाग्लेले नेपाली कांग्रेस र नेकपा (एमाले)को लोकप्रियता घट्दै गएको भन्दै रास्वपाको लोकप्रियता भने निरन्तर बढिरहेको दाबी गरे ।

उनले सत्ता गठबन्धन आफूहरूसँग डराएकै कारण लामिछानेलाई पक्राउ गरिएको जिकीर गर्दै संसद्‌मा आफूहरूको भूमिका देखेर पनि सत्ता गठबन्धन तर्सिएको दाबी गरे ।

“अहिले उनीहरू डराएका छन् । ए बाबा, २० जना यी कलिला सांसदहरूले हैरान पारेका छन् भने ८४ मा यस्ता १४० जना सांसद ल्याएर आयो भने यिनीहरूको हालत के हुन्छ ?,” उनले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page