बुवा स्वर्गीय रफिककाे स्मृतिमा छाेरी सकिनाले गरिन् उत्कृष्ट कृषकलाई सम्मान
तनहुँकाे भानु नगरपालिका वडा नं १३ का १० जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । काङ्ग्रेस नेता एवम् समाजसेवी स्व. हाजी रफिक मियाको स्मृतिमा छोरी सकिना खातुन र परिवारबाट वडा भित्रका कृषकलाई सम्मान गरिएको हाे ।

भानु १३ भित्रका १० वटा टोल बिकास सस्थाका धेरै भन्दा धेरै धान फलाउने उत्कृष्ट १० जना कृषकलाइ प्रोत्साहन स्वरुप सम्मान पत्र र फेटा गुथायर सम्मान गरिएको कार्यपालिका सदस्य समेत रहेकी युवा नेतृ सकिनाले बताइन् ।

























