शिक्षक संघका अध्यक्ष रमेशबाबु द्वारा बिद्यार्थीहरूलाइ पाैने तीन लाख बराबरको न्यानो कपडा वितरण

नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले बिद्यार्थीहरूलाइ ठुलो मात्रामा न्यानो कपडा वितरण गरेका छन् । बाराही मा बि व्यास ११ फराकचौरमा रहेका २ सय ७० जना सबै बिद्यार्थीलाई अध्यक्ष भट्टराईले करिब २ लाख ८० हजार बराबरको न्यानो कपडा सहयोग गरेका हुन् ।

पहिले सेवा गरि हालै मात्रै नयाँ स्थायी नियुक्ति लिएर आएका मा बि अग्रेजी शिक्षक भट्टराईले सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत आवस्यकताकाे आधारमा विद्यार्थीहरु लाई न्यानो कपडा बितरण गरेको बताए ।

युनियन एजुकेसनका सञ्चालक समेत रहेका भट्टराईले यस अगाडि पनि थुप्रै ठाउँमा विभिन्न किसिमका सहयोग गर्दै आइरहेका छन् । सामाजिक अभियान्ताकाे समेत पहिचान बनाएका भट्टराईले उक्त अवसरमा बिद्यार्थीहरूलाई खिर खाजा समेत खुवाएका थिए ।
























