नेकपा माओवादी केन्द्र शुक्लागण्डकीकाे अध्यक्षमा सापकोटा

नेकपा माओवादी केन्द्र शुक्लागण्डकीकाे अध्यक्षमा सापकोटा


नेकपा माओवादी केन्द्र शुक्लागण्डकीको अध्यक्षमा शरण सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।

पार्टीको मंगलवार दुलेगौंडामा सम्पन्न दोस्रो नगर सम्मेलनबाट सापकोटाको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । पार्टीको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र भण्डारि, उपाध्यक्षमा दिपक सापकोटा, उपाध्यक्षमा सुमन आले, सचिवमा सरोज पौडेल र कोषाध्यक्षमा हिम कुमारी पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा भोजराज बराल, भक्त बहादुर गुरुङ, विपना थापा कुमाल, खेम बहादुर नेपाली, जीवन पोख्रेल, राजु भण्डारी, भोजराज सिग्देल , नेत्रनारायण गौतम लगायत रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page