लायन्स क्लव म्याग्देले गर्याे रत्न माविका बिद्यार्थीलाई स्टेसनरी सामाग्री सहयोग
लायन्स क्लव अफ तनहुँ म्याग्देले मंगलबार रत्न माध्यमिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । क्लवका अध्यक्ष पशुपति अर्यालकी सुपुत्री अग्रता अर्यालको जन्मदिनको अवसर पारेर रत्नका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो ।

स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएका म्याग्दे गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विष्णु केसीले जन्मदिनलाई समाजसेवा र सहयोगमा जोड्न सके सभ्य सस्कृतिको विकास गर्न सकिने बताए । शाखा प्रमुख केसीले जन्मदिनमा फजुल खर्च गर्ने परिपाटीकाे अन्त्य गर्न यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताए ।

क्लवको तर्फबाट झण्डै बीस हजार बराबरको स्टेशनरी सामाग्री वितरण गरेको कार्यक्रममा लायन्स क्लव अफ तनहुँ म्याग्देका पुर्व अध्यक्ष गौरवराज राना, गणेशमान श्रेष्ठ, सुशिल न्यौपाने, अक्षय कायश्थ, सुदिप राना, प्रकाशकुमार अच्छामी,विद्यालयका निवर्तमान प्रधानाध्यापक भोजराज बास्तोला लगायत सहभागी थिए ।
क्लवका अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे सचिव सुदर्शन अधिकारीले सञ्चालन गरेका थिए ।
























