स्कुल स्विटर अभियानमार्फत पन्थद्वारा विपन्न बालबालिकालाई सहयोग

स्कुल स्विटर अभियानमार्फत पन्थद्वारा विपन्न बालबालिकालाई सहयोग

तनहुँ — अविनाश पन्थ र दिवस पन्थको नेतृत्वमा सञ्चालन गरिएको स्कुल स्विटर अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई जाडोको स्विटर र टोपी वितरण गरिएको छ।

अभियानको क्रममा छाब्दी आधारभूत विद्यालयमा ११ थान स्विटर र ९ थान टोपी तथा श्री मच्छे कन्या निमावि विद्यालयमा २४ थान स्विटर वितरण गरिएको छ। १२ कक्षामा अध्ययनरत अविनाश पन्थले पछिल्लो समय विभिन्न अभियानमार्फत विपन्न तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई सहयोग गर्दै आएका छन्। कलिलाे उमेरमै समाजसेवामा अग्रसर हुँदै उनले आफ्नो नेतृत्वमा थुप्रै सामाजिक कार्यहरू सञ्चालन गरेका छन्। उनको यो अभियानले जाडोका कारण विद्यालय जान समस्या झेलिरहेका बालबालिकाहरूलाई राहत पुर्‍याएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page