ऋषिङ्गमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
ऋषिङ्ग गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा परिचयपत्र वितरणको जिम्मा पालिकालाई दिएपछि ऋषिङ्गमा आजवाट यसको सुरुवात गरिएको हो ।

मङ्गलबार सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीकाे प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाकाका सेवाग्राहीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको हाे । अब केही दिनभित्र पाइक पर्नेले गाउँपालिकाबाटै र अन्यलाई वडाबाटै परिचयपत्र वितरण गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरणको लागि स्थानीय तहमा पठाईएको हुँदा अर्काे सुचना जारी नहुँदासम्म हाललाई जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य स्थगित गरिएको प्रशासनले जनाएको छ ।
























