मादीनदि बाट भदौ देखि बेपत्ता थापा अझै भेटिएनन् , प्रहरी अनुसन्धान फितलो
तनहुँकाे व्यास नगरपालिका वडा नं ३ देउरालीनगरका १५ वर्षीय राेनल्ड थापा मादी नदि बाट बेपत्ता भएकाे ४ महिना हुँदापनी अझै भेटिएका छैनन् । २४ गते साेमबार बिहान स्कुल जान ड्रेसमा निस्केका उनी एकाएक हराएको खबर सार्वजनिक भएको थियो । लामो समयसम्म छाेरा नभेटिँदा घर परिवार चिन्तित त छन् नैं , साथै न्याय नपाएको भन्दै न्यायको खाेजी गरिरहेका छन् । बेपत्ता राेनाल्डको आमा अमृता छाेराकाे पिरले चिन्तित छन् । छाेराे कहिले भेटिएला भनेर उनका बा श्रीराम थापा , आफन्त , साथीभाइहरू रातदिन न्यायको खाेजीमा छन् । छाेरा हराएकाे दिनमा मादीनदिले बगाएको भन्ने खबरका आधारमा नदिकाे तिर तिर खाेज्दै घुमाउनेघाट सम्म पुगेको उनी बताउँछन् ।

बेपत्ता छाेरा राेनाल्डकाे बारेमा उनका बुवा श्रीराम भन्छन् – मेरो छाेराेलाइ मारेका हुन् , मार्ने उद्धेश्यले नदिमा फालेका हुन् । छाेराकाे झाेला व्यास ४ मा हुनु , माेवाइल फुटालेर व्यास २ ग्रिनसिटी टाेलकाे नालीमा फाल्नु , बिहान ८.३० बजे साथीले म्यासेज गरेर छिटो आउ भन्नू , घटना घटेपछि घरमा थाहा नदिई लुक्नु , सुरुमा हामीले धकेलेकाे हाे भन्नू र पछि बयान फेरेर हामीले हैन भन्नु जस्ता कारणले पनि घटना सुनियोजित भएको प्रमाणित भएको उनलेे दावी गरे ।हामी पिडीत पक्ष हाैं तर प्रहरीले हामीलाई न्याय दिने काम गरेको छैन , सुरुमा उजुरी दिन जाँदा कुन शिर्षककाे उजुरी लिने भन्ने यकिन नभएको र पहिला बेपत्ताको खाेजी गर्नुपर्ने जस्ता कुरा गरेको हुँदा कतै प्रहरीले नैं ज्यानमाराहरू लुकाउन लागेको त हैन ? भन्ने शंका उब्जाएको उनी बताउँछन् ।

व्यास ४ मा रहेको कन्काइ ग्लाेवल एकेडेमीमा कक्षा १० मा पढ्ने छाेराे कसरी मादी नदिमा पुग्यो ? घटना भएको समय छाेराका साथीहरू गाेरखकाली र सत्यवतीमा पढ्ने एलेक्स श्रेष्ठ र सुगम आले सँगै थिए । १५ वर्षीय छाेराकाे बारेमा शिक्षकहरू सँग बुझ्दा स्कुलमा नगएकाे थाहा पाएपछि उनको बा आमाले यताउता खाेजी गरेका थिए । बेपत्ता छाेराकाे आमा अमृता थापाले पनि छाेरालाइ मारेको आराेप लगाइन् । २४ गते बिहान साथीले छिटो आउ भनेपछि ८. ३० मा ट्युसन जाने भनेर छाेराे निस्केको र व्यास २ मा रहेको हङ्ग्रि हाेटल अगाडि ९ .४० मा भेट भएकाे थाहा पाएकाे उनलेे बताइन् । उनीहरू सँगै पढ्ने साथी हाेइनन बास्केटबल खेल्न जाँदाका साथी भएको अमृताले जानकारी दिइन् । अनुसन्धानकै क्रममा प्रहरीले हामीसँग सल्लाह नैं नगरी पक्राउ परेका ती दुईजनालाई नैं छाेड्दिएकाेले पनि घटनामा शंका रहेको उनलेे बताइन् । छाेराे फेला पर्न नसकेको र अनुसन्धान जारी रहेको बेलामा किन बिषय बस्तु नटुङ्गिदै छाेड्नकाे आत्तुरी पर्याे आमा अमृताले भनिन् ।
यता प्रहरी सँग सम्पर्क गर्दा घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र बेपत्ता युवाको खाेजी भइरहेको बताइएको छ ।
मादी नदिकाे व्यास झुला नजिकै पाैडी खेल्ने क्रममा उनलाई बगाएको या बगाइएकाे भन्ने बिषय अहिले जटिल बन्दै गएको छ । पछि उनलाई मादीले बगाउँदै लाँदा सेतीमादी दाेभान नजिकै बगिरहेको अवस्थामा स्थानीयले देखेका थिए । घटना भएको चार महिना हुँदापनी प्रहरीले भने पिडित परिवारलाई न्याय दिलाउन सकेको छैन । पिडित परिवारले न्यायकाे लागि आवाज उठाइदिन भन्दै पत्रकार सम्मेलन समेत गरिसकेका छन् ।
























