टाेखाकाे मेयरमा पराजित थापा जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित

टाेखाकाे मेयरमा पराजित थापा जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित


नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौंको टोखा नगरपालिकोको मेयरमा पराजित भएकी थापा जेसिजमा भने अत्याधिक मत ल्याएर बिजय हुन सफल भइन् । ०७४ सालमा समेत उपमेयरमा उठेर पराजित भएकी थापा ०७९ मा एमालेका प्रकाश अधिकारीसँग झिनो मतान्तरले पराजित भएकी थिईन् ।
गएराति सम्पन्न मतगणनामा जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । इटहरीमा सम्पन्न जेसिजको ५१औं महाधिवेशनबाट थापा अध्यक्ष चुनिएकी हुन् ।

थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ४५३ मत मात्र प्राप्त गरेका छन् । सहमितको प्रयास असफल भएपछि सोमबार चुनाव भएको थियो । थापा र कार्की दुवै यसअघि उपाध्यक्ष थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page