आजबाट भानु महाेत्सव सुरु

आजबाट भानु महाेत्सव सुरु

तनहुँको भानु नगरपालिकामा आजबाट प्रथम भानु नगर महोत्सव सुरु भएको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्दै मेला महाेत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै स्थानीय ठाउँलाई चिनाउन मद्दत गर्ने बताए । भानु आँफैमा एतिहासिक महत्त्व बाेकेकाे ठाउँ भएको र यसले साहित्यिक क्षेत्रमा थप प्रचारप्रसार हुने उनलेे बताए । महाेत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानुको साहित्यिक तीर्थस्थलको प्रवद्र्धनमा टेवा पुग्ने ढकालकाे भनाइ थियो ।
‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन भएको छ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी ,उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष बैकुण्ठ मिश्र लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले बोलेका थिए । महोत्सव सुरु हुनु अगाडि विभिन्न जातजाति र समूहले झाँकी प्रस्तुत गरेका थिए ।मंगलबारदेखि सुरु भइ आगामी पौष १९ गते सम्म संचालन हुने महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।


महोत्सवबाट भएको आम्दानीले नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणमा खर्च गरिने महासचिव कृष्ण काेइरालाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page