ईनर ह्रविल क्लब अफ दमाैली र लायन्स क्लब अफ ब्यास सिटी द्वारा बिद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ईनर ह्रविल क्लब अफ दमाैली र लायन्स क्लब अफ ब्यास सिटी द्वारा बिद्यार्थीहरूलाई न्यानो कपडा वितरण
Oplus_0

ईनर ह्रविल क्लब अफ दमाैली र लायन्स क्लब अफ ब्यास सिटीले बिद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका छन् । दुबै क्लवकाे संयुक्त आयाेजनामा बन्दीपुर १ नाहालामा रहेको विष्णु माध्यमिक विद्धालयमा कक्षा १ देखि कक्षा ९ सम्म अध्यनरत विपन्न तथा जेहेन्दार ५३ जना छात्र छात्रालाई न्यानाे कपडा साथै स्टेशनरी सामान वितरण गरिएको हाे ।

सहयोग कार्यक्रममा बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ , दुबै संस्थाका अध्यक्षहरु नारायणी मल्ल र एकप्रसाद श्रेष्ठ सहित ईनर ह्विल क्लबका पूर्व अध्यक्ष र सदस्यहरुकाे सहभागीता रहेको थियो । यस्तै महिला उधमी संघ नेपाल तनहुँका संस्थापक अध्यक्ष निर्मला मल्ल , अन्जना तिमल्सिना , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि शर्मा, प्रधानाध्यापक ऋषिराम ढकाल , कुमार मल्ल , कल्पना पाैडेल लगायतले कार्यक्रममा आफ्नाे भनाइ राखेका थिए ।

न्यानो कपडा वितरणका लागि विष्णु माध्यमिक विद्यालय छनोट गरेकोमा बिद्यालय परिवारले आभार प्रकट गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page