सुदिपले गरे बुल्दी खाेलामा सरसफाइ
युवा अभियान्ताकाे पहिचान बनाएका व्यास -४ दमाैली निवासी सुदीप गफ्फारले बुल्दी खोला सरसफाई गरेका छन् । बुल्दी-चुँदी खोला सरसफाई अभियानका नेतृत्वकर्ता गफ्फारले व्यास नगरपालिका-१ स्थित बुल्दीखोलामा सरसफाई गरेका हुन् ।

बुल्दीखोलामा सुई, प्याड, प्याम्पर लगायतका फाेहाेरजन्य बस्तु अत्याधिक भेटिएको उनले बताए । झण्डै ९ बाेरा फाेहाेरमैला संकलन गरेको उनलेे जानकारी दिए ।

गफ्फारकै नेतृत्वमा केही समय पहिला बुल्दी खोलामा सरसफाई गरी धेरै फोहर टिप्नेलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त सरसफाइ अभियानमा ठुलो संख्यामा सर्वसाधारणकाे उपस्थिति रहेको थियो ।
























