लाेकतान्त्रिक खेलकुद संघ तनहुँकाे अध्यक्षमा दुर्गा
नेपाल लोकतान्त्रिक खेलकुद संघ तनहुँको जिल्ला अध्यक्षमा दुर्गाराज मगर मनोनयन भएका छन् ।

म्याग्दे १ गुणादी निवासी दुर्गालाइ लाेकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले जिल्ला अध्यक्षमा मनाेनयन गरेका हुन् । अध्यक्षमा मनाेनयन भएका थापा फ्रेण्डसीप युवा क्लव म्याग्दे-१ गुणादीकाे निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेस तनहुँ क्षेत्र नं-२ प्रदेशसभा ‘१’ का आ.सदस्य समेत रहेका युवा नेता हुन् ।

























