बन्दीपुर प्रहरीकाे अर्को सफलता , चाेरीका माेटरसाइकल समातेको भाेलिपल्ट फरार प्रतिवादी पक्राउ :
इलाका प्रहरी कार्यालय बन्दीपुरले एकपछी अर्को सफलता हात पारेको छ । अघिल्लो दिनमा मात्रै चाेरीका माेटरसाइकल समातेको बन्दीपुर प्रहरीले आज फेरि फरार प्रतिवादी पक्राउ गरेको हाे ।

सर्वोच्च अदालतको मिति २०८१/०७/२३ गतेको फैसला बमोजिम लागुऔषध गाँजा मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकिएका फरार प्रतिवादी तनहुँ बन्दीपुर गा.पा. वडा नं. – ०२ गैराटोल वतन भएका टेक बहादुर श्रेष्ठको छोरा वर्ष ४४ को राजन् श्रेष्ठलाई बन्दीपुर प्रहरीले पक्राउ गरेको हाे ।

























