भूपू सैनिक क्लव द्वारा किड्नीका बिरामी बबितालाई २६ हजार सहयोग

भूपू सैनिक क्लव द्वारा किड्नीका बिरामी बबितालाई २६ हजार सहयोग

नेपाल भूतपूर्व सैनिक क्लव दमाैली तनहुँले किड्नीका बिरामीलाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष क्याप्टेन सहविर उच्चै ठकुरी लगायतकाे समितिकाे टाेलीले बिहीबार आफ्नै भवनमा भूपू सदस्यहरू बाट स्वस्फूर्त रूपमा संकलन गरेको नगद रू २६ हजार १ सय ७० रूपयाँ बिरामीका आफन्तलाइ सहयोग गरेका हुन् ।

इन्स्पेक्टर आशा कुमार प्रधानकाे भाइ बुहारी शुन्दर बजार २ परेवा डाँडा बस्ने ४५ वर्षीय बिरामी बबिता प्रधानका आफन्तलाइ क्लवले रकम हस्तान्तरण गरेको क्लवका महासचिव क्याप्टेन साेमबहादुर थापाले बताए । बिरामीको अवस्था अत्यन्तै गम्भीर रहेको अवस्थामा साथीहरू बिचकाे सानो सहयोगले बिरामीकाे उपचारमा केही सहयोग पुग्छकी भनेर सहयोग गरिएको क्लवका अध्यक्ष क्याप्टेन सहविर उच्चै ठकुरीले बताए ।

सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत यस अगाडि पनि विभिन्न समयमा विभिन्न किसिमबाट गार्‍हो अफ्ट्यारोमा परेका मानिसहरूलाइ सहयोग गर्दै आएकाे क्लवका निवर्तमान अध्यक्ष क्याप्टेन तारालाल मल्लले बताए ।
क्लवकाे अभियानलाई साथ दिई रकम सहयोग गर्नेहरूमा हरिकुमार मल्लले ५ हजार , केशबहादुर थापा १ हजार ५० , सन्तलाल श्रेष्ठ १ हजार ५ , देवबहादुर कार्की १ हजार ५ , जिवनबहादुर थापा १ हजार ५ सहयोग रहेको छ ।

यस्तै सहविर उचाइ , तारालाल मल्ल , देवबहादुर गुरूङ , सुर्जकुमार मल्ल , मदराज मल्ल , साेमबहादुर थापा सुर्यबहादुर थापा , खड्कबहादुर थापा , चिनबहादुर भण्डारी , हेमन्त थापा , केशरबहादुर गुरूङ , सिध्दबहादुर मल्लले एक / एक हजार रूपया तथा नेत्रबहादुर बस्नेत , नरबहादुर आले , दामोदर शाही , भिमनरसिंह बस्नेतले पाँच / पाँच सय सहयोग प्रदान गरेका छन् ।
यस्तै अन्य सहयोग गर्नेहरूमा रनबहादुर गुरूङ ५ सय ३० , चुडालाल मल्ल ५ सय ५ , प्रेमबहादुर पुन ५ सय ५ , राधेश्याम ५ सय ५ , दधिराज श्रेष्ठ ५ सय ५५ , यमबहादुर चन ५ सय ५ रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page