सत्यवतिमा सञ्चालित रूमटुरिडकाे वालिका शिक्षा कार्यक्रममा सराेकारवालाकाे अनुगमन भ्रमण


तनहुँकाे सत्यवती माविमा सञ्चालित वालिका शिक्षा कार्यक्रम अन्तर्गत शिक्षक निर्देशित माेडल कार्यक्रमको व्यास नगरपालिकाले प्राविधिक अनुगमन भ्रमण तथा सिकाइ आदानप्रदान कार्यक्रम गरेको छ ।
रुम टु रिडको प्राविधिक तथा आर्थिक सहयोग एवम् सुर्योदय क्लबको सहकार्यमा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत सत्यवतीमा संचालन भएको शिक्षक निर्देशित माेडलकाे जिवनउपयाेगी सीप सत्र ” आवस्यकता र चाहना ” शिर्षकमा सराेकारवाला पक्ष बाट अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा सत्यवती मा. वि. मा कक्षा ७ मा अध्ययनरत बालिकाहरुलाई जिवन उपयोगी सीप शिक्षा तालिम अन्तर्गत आवस्यकता र चाहना बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

शिक्षक निर्देशित माेडेल कार्यक्रमले बालिकाहरूमा पारेको प्रभाव साथै आगामी याेजनाकाे बारेमा छलफल गर्नु कार्यक्रमकाे मुख्य उद्भेश्य रहेको थियो ।
पालिका र रूमटुरिड तथा सुर्याेदय क्लव कसरी सँगसँगै जान सकिन्छ र कस्तो किसिमको सहकार्य आवस्यक पर्छ लगायतका बिषयमा भएको छलफलले भविस्यमा कस्तो किसिमको कार्यक्रमकाे याेजना बनाउन सकिन्छ भन्ने बारेमा सराेकारवालाहरूले आफ्नाे भनाइ राखेका थिए । सत्यवती माविका प्रअ पुष्पकला भट्टराईले वालिका शिक्षा कार्यक्रम बिद्यालयकाे लागि अत्यन्तै प्रभावकारी भएको बताइन् । वालिकाहरूमा यसले सकारात्मक साेचकाे बिकास गराएको भन्दै उनले शिक्षक निर्देशित माेडेल अन्तर्गत जीवनउपयाेगी सीपलाइ दिगाेपन दिनको लागि याे कार्यक्रम निरन्तर चल्नुपर्ने बताएकी थिइन् । कार्यक्रमले बालिकाहरूमा आत्मबिश्वास बढाइ विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन सक्षम बनाएको र खुलेर बाेल्ने बानीकाे बिकास गराएको छ भट्टराईले भनिन् ।
बिद्यालयमा शिक्षक निर्देशित माेडेल अन्तर्गत कक्षा ७ का बालिकाहरूले आफुले जीवनउपयाेगी सिपका सत्रहरूमा बस्न पाउनु ठुलो अवसरको रूपमा रहेको बताएका छन् । साथै उनीहरूले उक्त सत्र लिए पश्चात् आँफुहरूमा सकारात्मक परिवर्तनहरू जस्तै बाेल्ने बानीकाे बिकास भएको , अतिरिक्त क्रियाकलापमा सक्रिय रहेको , आफ्नाे रिस व्यवस्थापन गर्न प्रयास गरेको साथै महिनावारीकाे समयमा पनि निर्वाध रूपमा बिद्यालय गई आफ्नाे पढाइलाई निरन्तरता दिने गरेको तथा २० वर्ष उमेर पुगेपछि मात्रै बिवाह गर्नुपर्ने लगायतका विषयमा जानेको बताएका छन् ।

कार्यक्रममा मेरो आवस्यकता वा चाहना ” शिर्षकमा सहजकर्ता साेविता कर्मचार्यले सत्र सञ्चालन गरेकी थिइन् । उक्त कार्यक्रममा बालिकाहरूले सक्रिय सहभागीता जनाउनुका साथै आफ्ना जिज्ञासाहरू समेत राखेका थिए ।
रूमटुरिड अन्तर्गत बालिका शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डेले रूमटुरिड अन्तर्गतको आगामी याेजना साथै सुर्याेदय क्लवका कार्यक्रम अधिकृत रेशम श्रेष्ठले सुर्याेदय क्लवकाे पृष्ठभूमि तथा बिद्यालय सँग गरिने आगामी याेजनाहरूकाे बारेमा प्रस्ट पारेका थिए ।
सत्यवती मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरीकाे अध्यक्षतामा भएको कार्यक्रममा
व्यास नगरपालिका शिक्षा शाखा प्रा स किशोर वास्ताेलाले रूमटुरिड साथै सुर्याेदय क्लवले सञ्चालन गरेको बालिका शिक्षा कार्यक्रम अन्तर्गतको शिक्षक निर्देशित माेडेलले बिद्यालयका बालिकाहरूमा सकारात्मक प्रभाव पारेको र उनिहरू साच्चिकै सक्रिय रहेको देख्दा खुसी लागेको बताए ।
उक्त अवसरमा व्यास नगरपालिका महिला बालबालिका उपशाखा बाट सर्मिला जमरकट्टेल र ज्ञानु पन्थ , रुम टु रिडका फिल्ड प्रोग्राम म्यानेजर दिनेश पोखरेल, रुम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, सूर्योदय क्लबका कार्यक्रम प्रवन्धक प्रदिप राना, बिद्यालयका पुर्व प्रअ इन्द्रप्रसाद पाैडेल , सूर्योदय क्लबका प्रोग्राम अफिसर लक्ष्मी नेपाल, सूर्योदय क्लबका प्रोग्राम अफिसर रेशम श्रेष्ठ, सूर्योदय क्लबका प्रोग्राम अफिसर कलावती विमली, सहजकर्ताहरू पुष्पा पाेख्रेल पाण्डे , ममता साँखी , सामाजिक परिचालक दुर्गादेवी वाग्ले , शिक्षक सहजकर्ता लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले याे कार्यक्रम अझै विस्तार गर्नुपर्ने र याे शिक्षा बालकलाई पनि दिनुपर्ने बिषयमा उठाएको चासो र जिज्ञासा मेटाउँदै रूमटुरिडका फिल्ड प्राेग्राम म्यानेजर दिनेश पाेखरेलले आगामी दिनमा केही बिद्यालयमा बालकहरूलाइ समेत राखेर याे शिक्षा दिनेगरी अगाडि बढेको बताए । अहिले उठेका सबै बिषय पूरा गर्न रूमटुरिडले मात्रै नसक्ने हुँदा यसमा बिद्यालयकाे पहल तथा स्थानीय तहको सहयोग आवस्यकता रहेको बताए । पाेखरेलले याे शिक्षालाई फराकिलो र विस्तार गर्दै लैजाने याेजना सुनाउँदा सहभागीहरू खुसी भएका थिए ।
























