नेविसंघ भित्र भाँडभैलाे , तनहुँमा शेखर पक्षको समानान्तर समिति गठन

नेविसंघ भित्र भाँडभैलाे , तनहुँमा शेखर पक्षको समानान्तर समिति गठन


नेपाल बिद्यार्थी संघ भित्र भाँडभैलाेकाे संकेत देखापरेको छ । नेपाली कांग्रेस नेता शेखर कोइराला समूहका नेविसंघ नेताहरुले तनहुँमा समानान्तर जिल्ला अध्यक्ष घोषणा गरेपछी यस्तो देखिएको हाे ।

उनीहरुले नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमालको प्रमुख आतिथ्यतामा आदिकवि भानुभक्त क्याम्पसमा भेला गरी ऋषिङ–७ का सोन कुमार आलेलाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरेका हुन् । यसअघि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ तनहुँको अध्यक्षको पत्र आशिष कैनीलाई दिएका थिए ।अध्यक्ष शेर्पाले गरेका गतिविधि विधिविधान विपरीत र एकलौटी भएको भन्दै शेखर समूहका नेताहरुले समानान्तर गतिविधि गर्दै आएकाे अवस्थामा तनहुँमा पनि समानान्तर समिति गठन भएको हाे ।
नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल, वर्तमान केन्द्रीय सदस्यहरु प्रेमिका राना मगर, धर्मराज शाही, ई. भुवन भट्ट, विक्रमादित्य सिंह, प्रविन कैनी, जगतजंग विष्ट, रविन केसी लगायतका नेताहरु तनहुँ आएर विद्यार्थी भेला गरी जिल्ला अध्यक्ष चयन गरेका हुन् । समानान्तर समिति गठन गरेसँगै केन्द्रीय सदस्य प्रेमिका रानामगरले सामाजिक सञ्जालमा एक पाेस्ट गर्दै कलमले बिचारलाई तिखार्छ भने मसालले अन्यायका बिरुद्ध आगो बाल्छ !! सम्झनुहोस मसाल अब दन्किने छ !! भन्ने प्रतिक्रिया दिएकी छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page