गाैली र श्रेष्ठ द्वारा ऋषिङ्गका सयौं बिद्यार्थी तथा आमाहरूलाई न्यानो कपडा वितरण

गाैली र श्रेष्ठ द्वारा ऋषिङ्गका सयौं बिद्यार्थी तथा आमाहरूलाई न्यानो कपडा वितरण
Oplus_0

तनहुँकाे ऋषिङ्ग गाउँपालिका वडा नं ३ अन्तर्गतका ३ वटा बिद्यालयमा अध्यनरत सयौं बिद्यार्थी तथा आमाहरूलाइ न्यानो कपडा वितरण गरिएको छ । दमाैली निवासी माँ अम्बे अलाैकिक कृषि फर्म सञ्चालक कल्पना गाैली र दमाैली स्थित सफासडकमा रहेको श्रेष्ठ फेन्सीका प्राेपाइटर घनश्याम श्रेष्ठ परिवारले तनहुँकै बिकट मानिने ऋषिङ्गका बिद्यालयमा पुगी ठुलो मात्रामा न्यानो कपडा वितरण गरेका हुन् ।

ऋषिङ्ग ३ स्थित बेल्टारमा रहेको जनशक्ति प्राथमिक बिद्यालय , बलिमराङमा रहेको जलदेवी प्राथमिक बिद्यालय र सरस्वती आधारभुत बिद्यालय साेलुङमा अध्यनरत बिद्यार्थीहरूलाइ न्यानाे कपडा वितरण गरिएको हाे । तिनवटै बिद्यालय प्राङ्गणमा छुट्टाछुट्टै कार्यक्रमका बिच बिद्यार्थीहरूलाइ स्विटर , ट्रयाकसुट , टाेपी , जुत्ता , माेजा लगायतका सामाग्री वितरण गरिएको हाे ।

यस्तै गाैली तथा श्रेष्ठ परिवारले मातृशक्तीहरूलाइ पनि न्यानो कपडा वितरण गरेका छन् । साना छाेराछाेरी सँगै आमाहरू पनि न्यानो हुनुपर्छ भन्ने उद्धेश्यले आमाहरूलाइ पनि न्यानो कपडा वितरण गरेको सहयोगी कल्पना गाैलिले बताइन् । आँफुलाइ सामाजिक अभियान्ताकाे पहिचान बनाएकी गाैलीले यस अगाडि पनि दर्जनौं ठाउँमा विभिन्न किसिमका सहयोग गर्दै आएकी छन् ।
यस्तै अर्का सहयोगी घनश्याम श्रेष्ठले अहिलेसम्म कसैले सहयोग नगरेको ठाउँमा आएर प्रत्यक्ष रूपमा बिद्यार्थीहरूकाे अवस्था हेरेर सहयोग गर्न पाउँदा खुसी लागेको बताए । हामीले सहयोग लिएर गएको बिद्यालयमा अहिलेसम्म काेही पनि नपुगेको र पहिलोपटक आँफुहरूनैँ त्यहाँका बिद्यालयमा सहयोग लिएर पुगेको बिद्यालयले जानकारी दिएको उनलेे बताए । सामाजिक उत्तरदायित्वकाे भावनाले परिवारकाे सल्लाह अनुसार सहयोग गरेको उनलेे बताए ।


निकै बिकट कालिकाे तिर नजिकै रहेको जनशक्ति प्राविका बिद्यार्थीहरू न्यानो कपडा पाउँदा निकै खुसी भएका छन् । बिद्यालयका प्रअ खुमराज कुमालले न्यानो कपडाले बिद्यार्थीहरूकाे मुहारमा उज्यालो छाएकाे बताए । उक्त कार्यक्रममा बिद्यालयका अध्यक्ष डाेलबहादुर आले , सहयोगी कल्पना गाैली , सरस्वती आवि का प्रअ चित्रबहादुर थापा , शान्ति मावि प्रअ ऋषिराम रानाभाट लगायतले आफ्नाे भनाइ राखेका थिए । कार्यक्रमकाे बलबहादुर रानाभाटले स्वागत र सञ्चालन प्रअ खुमराज कुमालले गरेका थिए ।

यस्तै सरस्वती आधारभुत बिद्यालय साेलुङमा भएको कार्यक्रममा बिद्यालयका प्रअ चित्रबहादुर थापाले स्वागत गर्दै सहयोगी हातहरूलाइ धन्यवाद दिएका थिए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर रानाकाे अध्यक्षतामा भएको कार्यक्रममा
ऋषिङ वडा नं ३ का वडा सदस्य कमला थापा , कृष्ण प्राविका प्रअ साेमबहादुर थापा लगायतले बाेलेका थिए ।
यस्तै जलदेवी प्रावि बलिमराङमा बिद्यालयका प्रअ तथा अध्यक्ष जितबहादुर थापाले सहयोगीहरूलाइ धन्यवाद दिएका थिए । यस्तै गाैली र श्रेष्ठले नाजुङ हाेमस्टेका आमाहरू र अन्य तिनवटै बिद्यालयका उपस्थित अभिभावकहरूलाइ समेत न्यानो कपडा वितरण गरेका थिए ।

उक्त अवसरमा श्रेष्ठ परिवारका ओजिना श्रेष्ठ , उर्मिला श्रेष्ठ , ओजस्पी श्रेष्ठ सहितको सहभागीता रहेको थियो ।

सहयोग कार्यक्रममा सहजीकरण प्रअ द्वय चित्रबहादुर थापा र साेमबहादुर थापाले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page