प्रमुख प्रशासकीय अधिकृत सहित १२ जना विरूद्ध भ्रस्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयाेगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जनाविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको जनाएकाे छ।

उनीहरूले गाउँपालिका वडा नं. १ मा रहेको स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेर सत्ताइस लाख पाँच हजार एघार र त्यहीको तल्लो बजारको सबै ठाउँको ढलान भत्किई आठ लाख चौतीस हजार तीन सय बीस रुपैयाँ बराबरको गुणस्तरहीन काम गरेको देखिन आएकोले आज विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको आयोगले जनाएको छ ।
cnn khabar
























