प्रहरीका पाँच एसएसपीकाे सरूवा , अधिकारीलाई ललितपुरकाे जिम्मेवारी
नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्री स्तरीय निर्णयबाट पाँच एसएसपीहरूको सरुवा भएको हो ।

सरुवाकाे सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा गरिएको छ भने ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ । ललितपुरकाे जिम्मेवारी पाएका अधिकारी तनहुँका हुन् । अपराध अनुसन्धान विभागमा कार्यरत रहेका एसएसपी भूपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।

रानीपोखरीका एसएसपी विनोद घिमिरेलाई भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ ।
























