एमालेकाे मिसन ०८४ हैन ” मिसन पतन ” डा. रावल

एमालेकाे मिसन ०८४ हैन ” मिसन पतन ” डा. रावल

नेकपा एमालेको कारबाहीमा परेका पुर्व उपाध्यक्ष डा. भीम रावलले सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नै प्रश्न गरेका छन् । पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीलाई प्रश्न गरेका हुन् । बुधबार कार्की व्यंक्वेटमा पत्रकार सम्मेलन गरी उनले ओलीमाथि आरोपको वर्षा गरेका हुन् । 

उनले ३१ बुँदे दस्तावेजमा ७४ बुँदामा ओलीलाई प्रश्न सोधेका छन् । एमालेबाट निकालिएपछि रावलले अब मातृभूमि जागरण अभियान चलाउने घोषणा पनि गरेका छन् । 

उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदै गर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको, स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको, निरंकुश बन्दै गएको लगायतका आरोप लगाउँदै प्रश्नहरूको जवाफ मागेका छन् ।

ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलको दाबी छ । ‘‘अतः देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईँ केपी ओलीले जवाफ दिनैपर्छ । अन्यथा तपाईँले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ साबित हुनेछ,’ रावलले भने ।

फाेटाे सामाजिक सञ्जाल

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page