म्याग्देका बसन्त १ वर्षदेखि ओछ्यानमा थला , ७० वर्षकी आमाले हेरचाह गर्दै

म्याग्देका बसन्त १ वर्षदेखि ओछ्यानमा थला , ७० वर्षकी आमाले हेरचाह गर्दै


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ पाँडेथाेकका ३६ वर्षीय बसन्त सुनार गम्भीर बिरामी परेका छन् । सुनार विगत एक वर्षदेखि ओछ्यानमा थला मात्रै परेका छैनन् शरिरका अधिकांश भागमा आएकाे घाउ समेत कुहिन थालेको छ । हाल उनको दाहिने हात बाहेक शरिरकाे अन्य कुनै भाग चल्दैन । बाेल्न , चल्न नसक्ने गम्भीर अवस्थामा रहेका सुनारकाे घरको अवस्था पनि कहालीलाग्दो छ ।
सुनारकाे श्रीमती दुई महिनाको काखकाे छाेरी अलपत्र पारेर घर छाेडेर हिँडेकी छन् । श्रीमती पनि मानसिक समस्याकाे बिरामी भएकोले घर छाेडेर हिँडेको छिमेकीले बताएका छन् । दुई महिनाको नातिनी रियासा र थला परेर बसेकाे छाेराेकाे स्याहारसुसार र रेखदेख गर्ने घरमा ७० वर्षकी बुढी आमा मात्रै छन् ।

आमा मैतिमाया सुनारका अनुसार छाेरा बसन्त कत्तारमा बैदेशिक राेजगारीकाे सिलसिलामा जाँदा कामको सिलसिलामा एउटा गाेडाकाे औलामा घाउ भएको थियो । त्यही घाउले ठुलो आकार लिँदै जाँदा पूरा गाेडानै टेक्न नमिल्ने गरी समस्या र दुखाइ बढ्दै गयो । छाेराे घरमा फर्कियाे । पाेखरा हरियो खर्कमा , भरतपुरमा , दमाैलीमा उपचारका लागि छाेराेलाइ लगेपनी सन्चो नभएको भन्दै आमा मैतिमायाले नसाकाे समस्या रहेको भनेर हरियो खर्क अस्पतालले भनेको , औषधि दिएर पठाएको तर ठिक नभएको बताइन् ।
अहिले त सरिरनैँ चल्दैन सरिरभरी आएकाे घाउ कुहिएकाे जस्तो भछ , दिसापिसाब ओछ्यानमै हाे उनले दुखेसो पाेखिन् । एकपटक काठमाडौंकाे न्युराे अस्पतालमा लान पाए छाेराेलाई राम्रो हुन्थ्योकि भनेर गाउँलेले भनेपनी लानलाई पैसा र लानेमान्छे पनि नभएको भन्दै उनलेे भक्कानाे छाेडिन् । याे उमेरमा यस्तो बेहोर्न परेको छ भन्दै आशु झार्दै उनले रातभरि सुत्न नसकेको बताइन् । घरमा खान नातिनी पढाउन समस्या भएको र आम्दानिकाे श्राेत केही नभएको उनको भनाइ छ ।
यता एक आफन्तका अनुसार म्याग्दे गाउँपालिकाले पनि उनको उपचारका लागि केही सहयोग गरेको थियो । यस्तै वडा अध्यक्ष दिपक श्रेष्ठले उनको उपचारको लागि सहयोग गर्नुका साथै स्वास्थ्यकर्मी समेत पठाएर सहयोग गरेका थिए । गाउँपालिका सँगै पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पनि परिवारकाे सहयोगकाे लागि व्यक्तिगत रूपमा चामल लगायतका खाद्यान्न सहयोग गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका म्याग्दे सभापति मनाेज अधिकारीले पनि खाद्यान्न सहयोग गरेका छन् ।

काका मनबहादुर सुनारका अनुसार
जनप्रकाश प्राविमा नर्सरीमा पढ्ने सानो नानी र बिरामीको उपचार , रेेखदेखकाे लागि सहयोग गर्न चाहने विभिन्न व्यक्ति तथा संघसंस्थाले वसन्त सुनारकाे नाममा ज्याेती बिकास बैंकमा रहेको खाता नँ
03311300359265000001मा सहयोग गर्न सक्नुहुने जनाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page