भूमि आयाेग तनहुँकाे सदस्यमा काङ्ग्रेस र एमालेबाट क-कसकाे छ चर्चा !

भूमि आयाेग तनहुँकाे सदस्यमा काङ्ग्रेस र एमालेबाट क-कसकाे छ चर्चा !


भूमि आयाेग तनहुँकाे अध्यक्षमा भानु नगरपालिकाका गाेविन्द सिलवाल नियुक्त भएर आएपछि बाँकी अन्य सदस्यहरू बिचकाे चर्चा सुरु भएको छ । अध्यक्ष बनेका सिलवाल काङ्ग्रेसकाे भागबाट अध्यक्ष बनेपछि अब एकजना महिला सदस्य काङ्ग्रेसकाे भागमा बाँकी रहेको छ । यस्तै एमालेकाे भागमा एकजना विज्ञ सदस्य सहित दुई जना सदस्य बाँकी छ ।


काङ्ग्रेसको भागमा बाँकी रहेको एकजना महिला सदस्यकाे लागि आधा दर्जन नेतृहरूकाे चर्चा रहेको छ । जसअनुसार दमाैलीकै कल्पना पाेख्रेल , ढाेरफिर्दीकी चन्द्रकला भट्टराई , व्यासकै माया रानाकाे नाम व्यापक चर्चामा रहेको छ । यश सँगै भिमादकि इन्दिरा खनाल , भानुकी आशा थापा , ब्यासकी सिर्जना तिवारी लगायत चर्चामा रहेका छन् ।
यता नेकपा एमालेबाट पनि दुई जना सदस्यकाे लागि आधा दर्जनकै चर्चा चलेको छ । जसअनुसार एमाले नेताहरू श्रीराम कार्की , देवु विस्ट , रामचन्द्र उपाध्याय , नारायण खनाल , इन्द्र कुंवर र शिव पाैडेल लगायतकाकाे चर्चा रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page