गाेरखाकाे अन्तर स्थानीय तह राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सिरानचाेक गाउँपालिकालाइ

गाेरखाकाे अन्तर स्थानीय तह राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सिरानचाेक गाउँपालिकालाइ

माघ ५ गते देखि ७ गते सम्म जिल्ला खेलकुद विकास समिति गोरखा द्वारा आयोजना तथा पालुङटार नगरपालिकाको सह-आयोजनामा भएको अन्तर स्थानिय तह १२ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न खेलहरु (३००० मि. दौड (छात्र/छात्रा), २०० मि.दौड (छात्र/छात्रा), लङजम्प(छात्र/छात्रा), भलिबल(छात्र/छात्रा), कबड्डी(छात्र/छात्रा), ४०० मि.दौड (छात्र/छात्रा), ८०० मि. दौड (छात्र/छात्रा), १०० मि.दौड (छात्र/छात्रा), ज्यावलिङ थ्रो (छात्र/छात्रा), ४ x ४०० मि. रिले दौड (छात्र/छात्रा), त्रिपल जम्प (छात्र/छात्रा), १५०० मि. दौड (छात्र/छात्रा), ४ x १०० मि. रिले दौड (छात्र/छात्रा), सटपुट (छात्र/छात्रा), हाइजम्प (छात्र/छात्रा), खेलाइ सम्पन्न भएको पालुङटार नगरपालिकाले जनाएको छ ।

३ दिनको कार्यक्रम अवदि भरि भएको विभिन्न विधाका खेलहरुमा ७ स्वर्ण, ९ रजत, ३ कास्य, जम्मा १९ पदक सहित सिरानचोक गाउँपालिका प्रमथ हुन सफल भएको छ । यस्तै ६ स्वर्ण, ६ रजत, ८ कास्य, जम्मा २० पदक सहित पालुङटार नगरपालिका द्वितीय हुन सफल भएको छ भने ५ स्वर्ण, ४ रजत, ३ कास्य, जम्मा १२ पदक सहित तृतीय हुन सफल भएको छ ।

यसै गरि गण्डकी गाउँपालिका ४ स्वर्ण, १ रजत, ४ कास्य, जम्मा ९ पदक, चुमनुब्री गाउँपालिका २ कास्य, जम्मा २ पदक, बारपाक सुलिकोट गाउँपालिका ३ स्वर्ण, ४ रजत, ३ कास्य, जम्मा १० पदक, शहिद लखन गाउँपालिका ३ कास्य, जम्मा ३ पदक, धार्चे गाउँपालिका १ रजत, जम्मा १ पदक, अजिरकोट गाउँपालिका ३ स्वर्ण, ३ रजत, ४ कास्य, जम्मा १० पदक, आरुघाट गाउँपालिका १ कास्य, जम्मा १ पदक, गोरखा नगरपालिका २ स्वर्ण, २ रजत, २ कास्य जम्मा ६ पदक जित्न सफल भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page