छाेराकाे अफर लेटर आएकाे खुसीमा गाेर्खा कालिका पुजा गर्न जाँदा बाटोमै अस्ताए आमा छाेरा

छाेराकाे अफर लेटर आएकाे खुसीमा गाेर्खा कालिका पुजा गर्न जाँदा बाटोमै अस्ताए आमा छाेरा

तनहुँकाे व्यास न.पा १२ तल्लो छिर्कन स्थित पृथ्वीराजमार्गमा माेटरसाइकल दुर्घटनामा परेको छ ।दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग.प्र.००३-००१ प ०३१० न.को मो.सा. चालकले नियन्त्रण गुमाई सडकको वाया साईडको कल्भर्टमा ठोकिन गई अ. ७।८ मिटर तल खस्न जाँदा दुर्घटनामा परेको हाे ।

दुर्घटनामा मो.सा चालक तनहुँकाे ऋषिङ गा.पा.६ चालिसे घर भई हाल व्यास न.पा. ५ पाटन बस्ने वर्ष अ.१९ को सन्दिप आले तथा मो.सा पछाडी सवार वर्ष ४० की मधुमायाँ आलेकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए । मृतक आमा छाेरा रहेका छन् । बाराही कलेजमा १२ पास गरि बिदेश जाने तयारी गरेका उनको अफर लेटर आएकाे खुसियालीमा गाेरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर दैबकाे लिला भनाैँ कालिका मन्दिर नपुग्दै बिच बाटोमै उनिहरू अस्ताउन पुगेका छन् । मृतक सन्दीप एउटै छाेरा रहेको आफन्तले बताएका छन् । उनिहरूले व्यास ५ पाटन स्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page