एसपी अपील बाेहराकाे काठमाडौं सरूवा

एसपी अपील बाेहराकाे काठमाडौं सरूवा

नेपाल प्रहरीका केही प्रहरी उपरीक्षक ( एसपी ) हरूकाे सरूवा भएको छ । सरूवा हुनेहरूमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा गएका एसपी अपील राज बोहरा लगायतका रहेका छन् ।

बाेहराकाे जिल्ला प्रहरी कार्यालय काठमाडौं सरूवा भएको छ । प्रहरी भित्र अपराध अनुसन्धान देखि सबै क्षेत्रमा अब्बल मानिएका एसपी बाेहरालाइ प्रहरी महानिरीक्षकको मिति २०८१/१०/११ गतेको निर्णयानुसार काठमाडौं सरूवा गरिएको हाे ।

६९ औं प्रहरी दिवस २०८१” मा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले प्रदेशहरुका प्रदेश स्तरीय ट्राफिक कार्यालयहरु मध्ये कर्णाली प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रथम भएकोले एसपी बाेहरालाइ पुरस्कार प्रदान गरेका थिए । उनी तनहुँ हुँदा जुवातास देखि अबैध क्रियाकलापलाई पुर्ण रूपमा राेकेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page