लायन्स क्लव डुम्रेकाे रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लव डुम्रेकाे रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ तनहुँ डुमेको आयोजनामा बिहिवार डुम्रेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स पुर्ब डिस्ट्रिक गवर्नर एवं प्रदेस सभा सदस्य असोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बन्दिपुर गाउपालिका वडा नं १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


आँबुखैरेनी अस्पतालमा रगतकाे अभाव भएपछि रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको लायन्स क्लव अफ डुम्रेकि प्रेसिडेन्ट रिता तिवारीले बताएकी छन् ।
आँबुखैरेनी गाउँपालिकाले संचालन गरेकाे आँबुखैरेनी अस्पतालमा बिरामीको लागि रगतकाे अभाव भएपछि लायन्स क्लव अफ डुम्रेलाई रक्तदान कार्यक्रम गर्न अनुराेध गरिएकाे आँबुखैरेनी अस्पतालका ल्याब टेक्निसियन अमृत पण्डितले जानकारी दिए । रक्तदानमा २० पिन्ट रगत संकलन भएको लायन्स दमाैलीका अध्यक्ष सराेज भण्डारीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page