विवाह समारोहमा धारिलो हतियार प्रहार गरी युवकको हत्या आराेपमा ६ जना पक्राउ

विवाह समारोहमा धारिलो हतियार प्रहार गरी युवकको हत्या आराेपमा ६ जना पक्राउ

विवाह समारोहमा झगडा हुँदा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

बाँकेमा भएको उक्त घटनामा संलग्न बैजनाथ गाउँपालिका-२ बस्ने ३० वर्षीया मनिषा राना, सोही ठाउँ बस्ने ३४ वर्षीय राम बहादुर राना, सोही गाउँपालिकाको वडा नम्बर ६ बस्ने  १८ वर्षीय भिजन नेपाली, जाजरकोट शिवालय गाउँपालिका-७ बस्ने २९ वर्षीय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका-६ बस्ने २७ वर्षीया अमृता डाँगी र बाँके बैजनाथ गाउँपालिका-८ बस्ने १८ वर्षीय सुजन बुढालाई प्रहरीले पक्राउ गरेको छ ।


माघ २५ गते राति करिब साढे ९ बजेको समयमा बैजनाथ गाउँपालिका-८ बिच लाइन बस्ने सुवास बुढाको विवाहमा झगडा भएको थियो । झगडाका क्रममा धारिलो हतियार प्रहार हुँदा सोही ठाउँका १८ वर्षीय दिनेश रोकाया सख्त घाइते भएका थिए । घाइते रोकायालाई उपचारको लागि भारतको लखनउमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

घटनामा संलग्न रहेका छ जनालाई नियन्त्रणमा लिई बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको छ । यस घटनामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page