चाैंथाे तनहुँ भलिबल प्रतियोगिताकाे उपाधि तनहुँ सेवा समाज युएईलाई

चाैंथाे तनहुँ भलिबल प्रतियोगिताकाे उपाधि तनहुँ सेवा समाज युएईलाई

” स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ आइतबार भएको “चौथो तनहुँ भलिबल प्रतियोगिता २०२५”काे उपाधि तनहुँ सेवा समाज युएईले जितेको छ । १५ टिमको सहभागीता रहेको प्रतियोगितामा द्धितीय कोटाकोट भालिबल स्याङ्जा र सान्त्वनामा -प्रदेशि हातेमालो (निलो) र एभरेस्ट कर्णाली (ए ) रहेका छन् ।

यस्तै बिधागत तर्फ बेस्ट प्लेयर- मिलन चन्द ठकुरी (तनहुँ सेवा समाज युएई), बेस्ट ब्लकर: अमन गाहा -कोटाकोट भलिबल स्याङ्जा , बेस्ट स्पाईकर- पेसल कुमार- तनहुँ सेवा समाज युएई , बेस्ट सेटर- गम्भीर गुरुङ (बाबा) -प्रदेशि हातेमालो , बेस्ट सर्भिर-मिलन कुमाल -कोटाकोट भलिबल स्याङ्जा ,बेस्ट लिब्रो- उमेश गर्वुजा मगर- तनहुँ सेवा समाज ,बेस्ट कुईकर-रुकेश छिडेल -कोटाकोट भलिबल स्याङ्जा , बेस्ट टिम कोच: सन्तोष गुरुङ – तनहुँ सेवा समाज युएई रहेका छन् ।
अल बलेदिया खेलमैदानमा भएको प्रतियोगितामा बिजयी प्रथम , द्धितीय तथा सान्त्वना हुने टिमलाई क्रमशः ५ हजार ५ सय दिराम , कप , मेडल र प्रमाणपत्र , ३ हजार ५ सय दिराम कप , मेडल र प्रमाणपत्र तथा एक/एक हजार दिराम , कप , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page