खैरो हिराेइन सहित दुई युवा पक्राउ
काठमाडौंबाट २८.५७ ग्राम खैरो हिरोईन (लागू औषध) सहित २ जना मानिसहरु पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी स्थित एक होटलमा अवैध लागू औषध (खैरो हिरोइन) खरिद बिक्री भई रहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टाेलिले उनिहरूलाइ पक्राउ गरेको हाे ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलिले उक्त होटलको कोठा नं. ४०१ मा खानतलासी गर्दा २८.५७ ग्राम खैरो हिरोईन (लागू औषध) सहित दुई जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको बताइएको छ ।

यसरी पक्राउ पर्नेहरूमा सुनसरी जिल्लाकाे इटहरी उप-महानगरपालिका ०३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ४० को दिपक राय र नुवाकोट मेघाङ गाउँपालिका वडा नं. ०५ स्थायी घर भई हाल ऐ. बस्ने वर्ष ३३ को सुरेन्द्र गुवाजु रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौका सुचना अधिकारी एवम् प्रहरी उपरीक्षक अपील राज बाेहराले बताए । खैरो हिराेइन सहित यिनीहरू बाट नगद रु. २० हजार , माेवाइल , किप्याड लगायतका सामाग्री फेला परेको छ ।
























