नेपाल प्रहरीकाे प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा भर्ना खुल्यो

नेपाल प्रहरीकाे प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा भर्ना खुल्यो

नेपाल प्रहरीले प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) र प्रहरी सहायक निरीक्षक ( असइ ) पदमा थप पद खुला गरेको छ। यसअघि मिति २०८१/०५/२८ गते प्रकाशित विज्ञापनमा तोकिएको संख्यामा संशोधन गर्दै थप माग गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षकका लागि ६४ जनाको माग गरिएकोमा थप १३ पद थप गरी कुल ७७ जनाका लागि अवसर खुला गरिएको छ। त्यसैगरी, प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाको माग गरिएकोमा ६० जना थप गरी कुल ३१६ पद खुला गरिएको छ।

नेपाल प्रहरीले सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरूलाई संशोधित सङ्ख्याअनुसार आवेदन दिन आग्रह गरेको छ। थप जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page