चौथो शुक्लागण्डकी महोत्सवमा आज भुमिका, तुलशा, मनु, जिवन, सञ्जिव लगायतको प्रस्तुती रहने

चौथो शुक्लागण्डकी महोत्सवमा आज भुमिका, तुलशा, मनु, जिवन, सञ्जिव लगायतको प्रस्तुती रहने


तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज पनि लोकदोहोरी तथा पप गायकको प्रस्तुती रहने भएको छ ।
चर्चित लोकदोहोरी गायिका भुमिका गिरी, तुलशा जिसी, मनु राना, जिवन सिग्देल र पप गायक सन्जिव सिंह रानाले दर्शकलाई नचाउने कलाकार व्यवस्थापन समितिका संयोजक सुमन सापकोटाले जानकारी दिए । महोत्सवमा आइतवार राती लेकाली ब्याण्डको लाइभ कन्सर्ट भएको थियो ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको ओजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page