१२ जना प्रहरी निरीक्षकको काज सरूवा ( नामावली सहित )
नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षकको काज सरुवा भएको छ ।

डीएसपी बढुवा भएपछि रिक्त रहेका कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खटिएको स्थानमा अबिलम्ब हाजिर हुन पनि प्रहरी प्रधान कार्यालयले उनिहरूलाइ निर्देशन दिएको छ ।

प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेश कुमार सिंहको काज सरुवा गरिएको छ ।
यसैगरी चक्र बहादुर देउवाको जिल्ला ट्राफिक कार्यालय कैलालीमा काज सरुवा हुँदा गजेन्द्र रायको माेरङ सरूवा भएको छ । यस्तै मिलन पाण्डेयकाे पश्चिम नवलपरासी सरूवा भएको छ ।


























