ऋषिङ्गका अध्यक्ष श्रेष्ठ र पुर्व सांसदका छाेरा आले बिच जग्गा बिवादमा कुटपिट

ऋषिङ्गका अध्यक्ष श्रेष्ठ र पुर्व सांसदका छाेरा आले बिच जग्गा बिवादमा कुटपिट

तनहुँकाे ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ र पूर्व सांसद पदमबहादुर आलेका छोरा प्रभात आले बिच कुटपिट भएको छ । अध्यक्ष श्रेष्ठ र २०१५ सालका जननिर्वाचित सांसद पदमबहादुर आलेका छोरा प्रभात आले बिच जग्गा बिवादमा कुटपिट भएको हाे ।
घटना सम्बन्धमा दुबै तर्फकाे आआफ्नाे दावी रहेको छ ।

घटनामा घाइते भएका आलेका अनुसार
अध्यक्ष श्रेष्ठले भिमाद ६ मालेबगर पूरानो स्कुलको निजी निवासमा सल्लाहा गर्न बोलाएर आफुमाथि कुटपिट गरेको बताएका छन् । मालेबगरको जग्गामा बाटो लैजाने भद्र सहमतीलाई अध्यक्ष श्रेष्ठले तोडेको भन्दै विवाद भएपछि घरमा सल्लाह गर्न बोलाएपछि घर जाँदा नियोजित तकिारले कंक्रिड भरिएको पिभिसी पाइपले कुटपिट गरेको पिडित आलेको भनाई छ ।
आलेको बायाँ कान नसुन्ने, शरीरमा खाटो बसेकाले थप उपचार र स्वास्थ्य परिक्षणका लागि जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँले पोखरा थप उपचारका लागि पोखरा रिफर गरेको छ । इलाका प्रहरी कार्यालय बेलचाैताराका इन्स्पेक्टर पाेषण थापाले अध्यक्ष श्रेष्ठको बिरूद्धमा ठाडो निवेदन परेको बताए ।

यस सम्बन्धमा अध्यक्ष श्रेष्ठले आफुले कुटपिट नगरेको र आफुमाथि जाईलाग्दा आत्मारक्षा गरेको बताएका छन् ।गत बुधबार प्रभातले टेलिफोन गरेर मुख छोडेको र घर आएर लफडा गरेको अध्यक्ष श्रेष्ठले बताए ।मैले कुटपिट गरेको होइन, प्रभात आफै भुईमा लडेको हो ।रक्सी खाएर रातिको समयमा घरमै आएपछी अपशब्द बाेल्ने , महिला माथि अभद्र व्यवहार गर्ने जस्ता हर्कत देखाएपछि गेट धकेलेर बाहिर पठाउन लाग्दा आफै लडेको उनलेे दाबी गरे । अध्यक्ष श्रेष्ठ नेपाली काङ्ग्रेस तनहुँका उपसभापति समेत हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page