लायन्स क्लव अफ तनहुँ सत्यवती द्वारा धार्मिक क्षेत्रमा डस्टबिन वितरण
महाशिवरात्री पर्वको अवसरमा लायन्स क्लब अफ तनहुँ सत्यवतीले डस्टबिन वितरण गरेको छ। लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष पवित्रा खनालको अध्यक्षतामा आयोजित डस्टबिन वितरण कार्यक्रममा विभिन्न छवटा समितिलाई डस्टबिन वितरण गरिएको बताइएको छ ।

सत्यवती क्लबले शिवपाञ्जयन मन्दिर, व्यास गुफा, श्रीकृष्ण द्वैपायन सत्संग समिति, जेष्ठ नागरिक मिलन केन्द्र, ओम शान्ति पार्क र पराशर गुरुकुलका लागि डस्टबिन वितरण गरेको हो। सामाजिक सेवामा सक्रिय क्लबले समाजमा आवश्यकताको पहिचान गर्दै विभिन्न सहयोग गर्दै आइरहेको क्लबकी अध्यक्ष खनालले बताइन्। महाशिवरात्री पर्वको अवसरमा श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने र सो अवसरमा मन्दिर परिसरमा फोहोर पनि हुनसक्ने हुँदा डस्टबिन वितरण सहयोगी बन्ने व्यास ३का वडा सदस्य दधिराज घिमिरेले बताएका छन्। क्लबले गरेको सहयोगप्रति विभिन्न समितिका अध्यक्ष एवं पदाधिकारीहरूले धन्यवाद व्यक्त गरेका थिए।

























