तारा सँगै जुन देखि ढुंगा बालुवा , सेफ्टी टङ्की हुँदै अडियो काण्डकाे चर्चामा व्यास नगरपालिका

तारा सँगै जुन देखि ढुंगा बालुवा , सेफ्टी टङ्की हुँदै अडियो काण्डकाे चर्चामा व्यास नगरपालिका

तनहूँको व्यास नगरपालिका विभिन्न कारणबाट चर्चा र बिवादमा आइरहन्छ । पछिल्लो समय तारा सँगै जुन देखि ढुंगा बालुवा , सेफ्टी टङ्की हुँदै अडियो काण्डकाे चर्चामा व्यास नगरपालिका छ । त्यही सिलसिलामा कहिले नगरपालिका आँफै विभिन्न काम गतिविधिले आलाेचित हुन्छ भने कहिले विभिन्न कर्मचारीहरूलाइ स्पस्टिकरण , निलम्बन जस्ता कारबाही समेत गर्नुपर्ने अवस्थाले चर्चामा आउँछ । खासगरी भन्नुपर्दा विभिन्न बिवादका कारण नगरपालिकाले स्थापना भएको लामो समय हुँदा सम्म पनी बिकासकाे काममा गति दिन नसकेको नगरबासी बताउँछन् ।

२०४८ साल चैत्र ३० मा तत्कालीन फराकचौर, गुणादी र घाँसीकुवा गाउँ विकास समितिको आंशिक भूभागहरूलाई समेटेर यसलाई नगरपालिका घोषणा गरेको थियो। व्यास नपा जिल्लाको मध्य भागमा रहेकाले आवागमन सुविधा, प्रचुर जलप्रवाह तथा अपेक्षाकृत भू-समताले गर्दा आर्कषणको केन्द्र विन्दु रहेको छ । जिल्ला सदरमुकाम दमौली समेत यसै नगरपालिकाको केन्द्रीय स्थल रहेकोले जिल्लाका विभिन्न स्थानहरूबाट सरकारी कामकाजको लागि मानिसहरूको आवतजावत भइरहेको हुन्छ।
हिन्दू धर्मका महर्षि वेदव्यासको जन्म यसै पावनभूमिमा भएको विश्वासको आधारमा उनै ऋषि वेदव्यासको नामबाट यस नगरपालिकाको नामकरण गरिएको हो । मगर भाषामा ‘व्यास’ को अर्थ ‘भूलभूल’ वा ‘जमीनबाट पलाएको पानी’ भन्ने हुन्छ। यो क्षेत्र आदिम कालदेखि नै महर्षिहरूको आदर्श तपोभूमि मानिएको छ।
व्यास ऋषिको पवित्र भुमी भएकोले याे नगरपालिका आँफैमा सुन्दर छ , बिशेश छ , चर्चित छ र एतिहासिक महत्त्व बाेकेकाे छ । तर त्योभन्दा एक कदम अगाडि नगरसभामा मदिरापान गर्दै ”तारासगै जुन” गीतमा कम्मर मर्काएर पनि व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले केही समय अगाडि नगरपालिकाको नाम देश विदेशमा प्रख्यात बनाई सकेका छन् ।
नगरपालिकाका केही कर्मचारीले आफ्नो कार्यालयमा नक्शा पास गर्न आउने सर्वसाधारणलाई आफुले नगरपालिकामा जागिर खाएपश्चात आफ्नो श्रीमती , आमा, बुबा, भाई , साला ,सालीको नाममा खोलेको कन्सल्टेन्सिमा नक्शा बनाउन आग्रह गर्ने , आफ्नो हार्डवेयरमा सामान खरिद गर्न प्रेसर गर्ने, घर बनाउने ठेक्का आफैलाई दिन कर गर्ने , फर्निचरदेखि रंगरोगनको काम आफैलाई दिन कर गर्ने लगायतका विषय केही वर्स अगाडि नैँ बाहिरीसकेको छ ।

जनप्रतिनिधि भएको वर्षाैं बित्दा समेत नगरपालिकाको भवन सँगै जोडिएको नाली सफा गर्न नसक्ने, दर्जनौ नगर प्रहरी हुँदाहुदै फुटपाथ व्यवस्थापन गर्न नसक्ने , फोहोरमैला व्यवस्थापन गर्न नसक्ने , सार्वजनिक जग्गा अतिक्रमण रोक्न नसक्ने जस्ता बिषय आम नगरबासीमा जगजाहेर नैँ छ ।

त्यतिमात्र हाेइन यसअघिका प्रमुख प्रशासकिय अधिकृत नागीला काण्ड , जसमा कर्मचारी नैं संलग्न भएर प्रमुखको नेमप्लेट समेत फालेका थिए । यस्तै मादी नदिको बालुवा ढुङ्गा घोटाला काण्डले पनि नगरपालिका चर्चामा छ । मादीकाे ढुंगा बालुवा ठेक्का नलागेको भनेर नगरपालिकाले नैं नगर प्रहरी लगाएर काम गर्दा १५ ट्याक्टर सामान बाहिरिँदा ५ ट्याक्टरकाे मात्रै बिल काटेर अरू ड्युटीमा बस्नेले आम्दानी नदेखाइ खल्तीमा हालिएको थियो । जुन बिषय बाहिरिए पछि त्यस काण्डमा संलग्न केही कर्मचारीलाई निलम्बन समेत गरिएको थियो । यस्तै व्यास नगरपालिकाकाे अर्को चर्चामा रहेको काण्ड हाे सेफ्टी टङ्की काण्ड । यस काण्डमा पनि गाडीका चालक सहित स्टाफले १० वटा घरमा सेफ्टीटङ्की सफा गरेमा २/३ वटाको मात्रै नपामा आम्दानी बाँध्ने र अन्य बाँकीको खल्तीमा हालेको बिषय बाहिरिएको थियो । त्यसपछिको अर्को चर्चित काण्ड हाे व्यास नगर अडियो काण्ड –
व्यास नगरपालिकाका केही कर्मचारीकाे अडियो काण्डले केही दिनदेखि व्यास नगरपालिकामा सरगर्मी बढिरहेकाे छ । नगरपालिकाले फाेहाेरमैला व्यवस्थापनकाे लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउँदै गर्दा बाहिरिएको अडियोले सरगर्मी बढेको मात्रै छैन अब के हुन्छ भन्ने काैतुहलता समेत बढाएको छ । अडियो काण्ड सँगै जग्गा खरिद प्रक्रिया बिवादले उग्र रूप लिएको छ ।
यसैबीच बिवादमा तानिएका नगरपालिकाका चारजना कर्मचारी मध्ये एकजनाले गल्ती स्विकारेपछि मुक्ति पाएका छन् भने अन्य तिनजनाकाे कारबाही प्रक्रिया अगाडि बढिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page