व्यास नगर अडियो काण्ड ! कार्यपालिका बैठकमा के भयो ?

व्यास नगर अडियो काण्ड ! कार्यपालिका बैठकमा के भयो ?

व्यास नगरपालिकाले सरसफाई व्यवस्थापनका लागि खरीद गर्न लागेको जग्गा बिषयकाे अडियो काण्ड कसरी टुंगिन्छ भन्ने बिषय नगरबासीकाे चासोको बिषय बनिरहेको छ । यसैबीच व्यास नगरपालिकाकाे कार्यपालिका बैठक आज बसेकाे छ । बैठकले व्यास नगरपालिका अन्तर्गतका कर्मचारीहरूको दोस्रो पटकको स्पष्टीकरणको बैठकमा पेश भई छलफल गरेकाे जनाएको छ । बैठक पश्चात् प्रकाशित प्रेस विज्ञप्तिमा जनाइए अनुसार कानुनत सफाईको अन्तिम जवाफका लागि कार्य प्रक्रियामा अघि बढिरहेकाले कारबाहीको अन्तिम प्रतिवेदन आगामी बैठकमा पेश गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय गरिएकाे जनाइएको छ ।


नगरपालिकाले सरसफाई व्यवस्थापनका लागि व्यास–१३ मा जग्गा खरीद गर्न लागेको बिषयमा व्यासकै कर्मचारिकाे अडियो काण्ड बाहिरिए पछि दोस्रो चरणको थप सात दिनको स्पष्टीकरण साेधिएकाे थियो । पहिलो चरणको सात दिनको स्पष्टीकरणमा हामीले बोलेको अडियो नभएको दाबी गरेका तीन कर्मचारीले दोस्रो चरणको स्पष्टीकरणमा आफुले गल्ती गरेको स्वीकार गरेका बताइएको थियो । साेही बिषयमा कार्यपालिका बैठकमा छलफल भएको हाे ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page