चाेरीका ल्यापटप ,माेवाइल र ट्याव सहित सातजना पक्राउ

चाेरीका ल्यापटप ,माेवाइल र ट्याव सहित सातजना पक्राउ

काठमाडौं प्रहरी परिसरले चोरीका मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय उपकरणहरूसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी राख्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रहरीका अनुसार, २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब सहित सात जनालाई पक्राउ गरिएको हो । ती सामानहरू विभिन्न ठाउँबाट चोरी गरी बिक्री गर्ने प्रयास भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
चोरी तथा अवैध रूपमा विद्युतीय उपकरण किनबेच गर्ने आरोपमा पक्राउ पर्नेहरूमा निम्न व्यक्ति रहेका छन्:प्रमोद परियार , गुनराज न्यौपाने , हेमन्त रानामगर
, शम्भु विश्वकर्मा , राजेश चालिसे , सविन पाण्डे
प्रकाश कट्वाल रहेका छन् ।

प्रहरीले जानकारी दिए अनुसार, भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरका साहु समेत पक्राउ परेका छन् । उनीहरूमाथि चोरीका मोबाइल तथा ल्यापटप खरिद-बिक्री गर्ने, अवैध रूपमा उपकरणहरू मर्मत गरेर पुनः बिक्री गर्ने आरोप लागेको छ।

प्रहरीले चोरी भएका मोबाइल तथा ल्यापटपहरूको श्रोत पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ। साथै, यी उपकरणहरू अवैध रूपमा कसरी बिक्री गरिँदै थियो भन्नेबारे विस्तृत छानबिन भइरहेको छ।

प्रहरीले पक्राउ परेकाहरूलाई प्रारम्भिक सोधपुछ गरिसकेको छ र उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।

यसअघि पनि काठमाडौं उपत्यकामा चोरी भएका मोबाइलहरू अवैध रूपमा खरिद-बिक्री हुने गरेको पाइएकाले प्रहरी प्रशासनले निगरानी बढाएको थियो । चोरी भएका सामग्रीहरू पुनः मालिकलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, मोबाइल तथा ल्यापटप चोरी र अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गरिनेछ। यदि कसैले चोरी भएका उपकरणहरू किन्न वा बेच्न संलग्न भएको पाइएमा कानूनी कारबाही हुने चेतावनी समेत प्रहरीले दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page