पूर्व राजा ज्ञानेन्द्र लाई सनिवार आँबुखैरेनीमा स्वागत गरिने
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहलाई भोलि शनिबार बिहान आँबुखैरेनीमा स्वागत गरिने भएको छ । गाेरखा जान आउने क्रममा आँबुखैरेनीमा स्वागत गरिने बताइएको छ । पृथ्वीराजमार्ग हुँदै बिहान नौ बजे आँबुखैरेनी आइपुग्ने र त्यहाँ स्वागत गरी मोटरसाइकल र्यालीको आयोजना गर्दै गोरखा भित्र्याउने कार्यक्रम रहेको स्वागत समितिका सदस्य होमसिँह बस्न्यातले जानकारी दिए ।
कूलदेवता गोरखकाली, गोरखनाथ र मनकामनाको पूजा अर्चना गर्न उनी गोरखा आउन लागेका उनको सचिवालयले पुष्टि गरेको छ ।

पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न गोरखामा १५१ सदस्यीय नागरिक समाज समिति गठन भएको छ । राजावादीको सञ्जालबाट भगवानदास मल्लको नेतृत्वमा स्वागत समिति गठन गरिएको हो । स्वागत, प्रचार प्रसार तथा समन्वय र व्यवस्थापनका लागि सो समिति माताहत अन्य तीन उपसमितिहरु पनि गठन भएको संयोजक मल्लले जानकारी दिए ।

























