दमाैलीकाे ज्ञानबाटीका मन्टेश्वरीले गर्याे विद्यार्थीलाई दीक्षित

दमाैलीकाे ज्ञानबाटीका मन्टेश्वरीले गर्याे विद्यार्थीलाई दीक्षित

ज्ञानबाटीका मन्टेश्वरीले साना नानीबाबुहरुलाई दीक्षित गरेको छ । व्यास नगरपालिका वडा नं ३ दमाैलीमा रहेको मन्टेश्वरीले शनिबार दमाैलीकाे सिद्धार्थ हाेटलमा एक कार्यक्रम आयाेजना गरी दीक्षान्त समारोह गरेको हो ।
दीक्षान्तमा ज्ञानबाटीका व्यवस्थापन समिति अध्यक्ष अमर थापा , तनहुँ प्रेसका कार्यकारी सम्पादक बिकास खनाल सहितको विशेष उपस्थिति रहेको थियो ।

समारोहमा मन्टेश्वरीमा अध्ययनरत बालबालिकालाई दीक्षित गराएर मन्टेश्वरीबाट बिदाई गरिएको छ । उनीहरु अब अन्य विद्यालयमा जानेछन् ।

कार्यक्रममा मन्टेश्वरीका अध्यक्ष अमर थापाले मन्टेश्वरीले नयाँनयाँ ट्रेण्ड ल्याइरहने भन्दै मन्टेश्वरीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेको बताए । मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरु पढाइ लेखाइका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल ठहरिँदै आइरहेकाे उनलेे बताए। मन्टेश्वरीबाट बिदाई भएर अन्य विद्यालयमा पुग्दा ती विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल देखिएको थापा बताउँछन् । नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुने ज्ञानबाटीकामा पढ्ने र पढाउने भन्दा पनि सिक्ने र सिकाउने शिक्षण विधि अपनाएको बताउँदै थापाले बालबालिकाकाे बालमनाेबिज्ञानलाई मध्यनजर गरी सिकाउने गरिएकाे जानकारी दिए ।

कार्यक्रममा घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरीमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिने सञ्चालक कमला पाैडेलले बताइन् । विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुर्‍याउने पाैडेलले जानकारी दिइन् ।

बालबालिकाको रुचि र चाहना अनुसार सिकाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्धतिबाट सिकाइ गरिने भएका कारण अहिले ज्ञानबाटिका धेरैकाे राेजाइमा परेको मात्रै नभइ यसमा अभिभावकको आकर्षण समेत बढ्दो रहेको प्रिन्सिपल दिलु थापाले बताइन् । अभिभावकहरूकाे तर्फबाट अञ्जु अधिकारीले विगत तीन वर्षदेखि आफ्नाे बावु ज्ञानबाटीकामा अध्यनरत रहेको र त्यो बिचमा विद्यालय परिवारले अत्यन्तै माया , प्रेम , सद्भावका साथ आत्मिय व्यवहार गरेर बावुनानीलाइ राखेको पाएको उनलेे बताइन् । हामीले ठुलो विश्वास गरेर दिनभर छाेडेकाे विद्यार्थीहरूलाइ राम्रो व्यवहार र सकारात्मक प्रभाव , असल आनिवानी र अनुशासित बनाएको पाएको भन्दै उनलेे बिद्यालय परिवारलाई धन्यवाद दिइन् ।
कुन उमेरको बच्चाले के चाहेको छ त्यो मनाेभावना बुझेर मेडमहरूले गायन, नृत्य सहित अनुशासनमा बस्ने , व्यक्तित्व बिकास र अन्य दैनिक व्यवहारमा परिवर्तन ल्याउने गरि सिकाइ सिकाउने गरेको भन्दै उनलेे बिद्यालयलाई सधैं सम्झने बताइन् । ज्ञानबाटिकाले जवरजस्ती भन्दापनी स्वस्फूर्त रूपमा बालबालिकालाई पढाइमा लगाउने गरेको पाएकाे सहभागीहरूले बताएका थिए ।

मन्टेश्वरीमा बालबालिकालाई किताब पढाउनुको साटो खेलकुद तथा अन्य सामग्रीको माध्यमबाट उनीहरुलाई विभिन्न ज्ञान तथा सीप सिकाइने गर्दछ । बालबालिकामा पढ्ने बानीको विकास गराइनुका साथै कक्षाकोठाको व्यवस्थापन, शिक्षण सामाग्रीदेखि शिक्षकको क्षमता र दक्षताका कारण बालबालिकाको सिकाइ प्रभावकारी भएका कारण बालबालिकामा आत्मविश्वास बढेको र परिवर्तित समाज एवं अन्य व्यक्तिप्रति सकारात्मक सोचको विकास भएको विद्यार्थीकाे व्यवहारले देखाएको छ ।
बालबालिकाको क्षमता पहिचान गरी सोही अनुसार उसलाई अगाडि बढाउने प्रयास बिद्यालयले गरिरहेकाे छ । साथै सामाजिक र व्यावहारिक मूल्य मान्यता अनुसार व्यावहारिक ज्ञान प्रदान गरी असल नागरिक बनाउने आधार खडा गर्नेगरी मन्टेश्वरी शिक्षा दिने गरिएको प्रिन्सिपल थापाले बताइन् ।
सञ्चालक एवम् शिक्षक माेती थापा , शिक्षक माेनिका राना लगायतको सहभागीता रहेको कार्यक्रममा स्वागत समिक्षा सुनारले र सञ्चालन कमला पाैडेलले गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page