शिक्षक महासंघ तनहुँको अध्यक्षमा चन्द्रमणि
नेपाल शिक्षक महासंघ तनहुँमा नयाँ नेतृत्व चयन गरिएको छ । शिक्षक नेता चन्द्रमणि कोइरालाको नेतृत्वमा महासंघको नयाँ नेतृत्व चयन गरिएको हो । कोइराला नेपाल शिक्षक संघको तर्फबाट प्रतिनिधित्व गर्दै महासंघको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

शिक्षक महासंघ अन्य शिक्षक संगठनहरुको समेत प्रतिनिधित्व रहेको छ । यस अघि महासंघको अध्यक्ष आर सि पाेख्रेल रहेका थिए । कार्यसमितिको अन्य पदाधिकारी तथा सदस्यहरू पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

























