मनिष बरालको “आएका एक्लै हौँ हेर्न जगत ” भजन गीत सार्वजनिक
भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ l गायक बरालको “आएका एक्लै हौँ हेर्न जगत ” बोलको भजन गीत सार्वजनिक भएको हो l

भजनलाई शब्द रचनाकार जीवन खतिवडा ले शब्द भरेका हुन l गायक स्वयंले संगीत भरेको भजनमा राजन कार्कीले एरेन्ज साथै ध्वनी मिश्रण गरेका छन l भजनलाई मनिष रञ्जन बराल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ l साँगितिक क्षेत्रमा लामो समय बिताईसकेका बरालको स्वरमा छुट्टै प्रकारको माधुर्यता रहेको पाईन्छ l दर्जनौँ भजनहरु रेकर्ड गराईसकेका बरालको हाल सालै मात्र (कहाँ होला बैकुण्ठ भन्ने ठाउँ) लाई दर्शक ले रुचाएका थिए l उनको पहिलो भजन “कृष्णजीको नामै प्यारो” हो भने यसलाई २०७३ सालमा रेकर्ड गरिएको थियो l

























