मरस्याङदी नदीमा सशस्त्र प्रहरी प्रदेश स्तरीय विपद् नमूना अभ्यास कार्यक्रम

सशस्त्र प्रहरी बल मनकामना गणको आयोजनामा मंगलबार मरस्याङदी नदीमा प्रदेश स्तरीय विपद् नमूना अभ्यास कार्य गरिएको छ । नमूना अभ्यास कार्यको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै विपद् कुनै घडीमा आउन सक्ने हुँदा विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनु पर्ने बताए । खासगरी विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरु चनाखो हुनु पर्नेमा मुख्यमन्त्री पाण्डेकाे जाेड थियो । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट स्रोत साधन उपलब्ध गराउने विषयमा कुनै कसर बाँकी नराखेको हुँदा स्थानीय तहहरुलाई समेत सहयोग गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गरे । विपद्को घडीमा समयमा नै उद्धार गर्न सकेमा ठूलो धनजनको क्षति हुनबाट रोक्न सकिने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

विपद्जन्य घटनामा उद्दारकार्य तथा जोखिम न्यूनीकरणका लागि समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न गण्डकी प्रदेश सरकारको सहयोग तथा सशस्त्र प्रहरी बल , नेपाल नं ४ मुक्तिनाथ बहिनी मुख्यालय कास्की पोखराको संयोजनमा विपद् प्रतिकार्य नमुना अभ्यास आयोजना गरिएको हो ।
सो अवसरमा तुरुन्तै एम्बुलेन्स आइ नपुग्ने अवस्थामा तुइनको प्रयोग गरि गरिने उद्दार विधि, थ्रो ब्यागको प्रयोग गरि बगाएको मान्छेको उद्दार गर्ने, ड्राइव गरि उद्दार गर्ने, र्याफ्ट बोट प्रयोग गरि उद्दार गर्ने, अपर वाटर रिभर क्रसिङ (जिप लाइन)को प्रयोग गरि घाइतेको उद्दार गर्ने लगायतका डेमो प्रदर्शन गरिएको थियो ।
साथै घाइतेहरु नदी मुनि फसेको अवस्थामा गोताखोरहरुले उद्दार गर्ने प्रक्रिया समेत प्रदर्शन गरिएको थियोे । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, तनहुँ तथा गोरखाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्थित तिनै सुरक्षा प्रमुखहरु तथा सामाजिक संघसंस्था तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा विपद प्रतिकार्य नमुना अभ्यास सफल पार्न सहयोग गर्नेलाई सम्मान पनि गरिएको थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सशस्त्र प्रहरीका डिआइजी कुलमान नेम्वाङले ४ हजार ५ सय भन्दा बढी सशस्त्र प्रहरी बलका कर्मचारीलाई विपद व्यवस्थापन तालिम दिएर कार्यक्षेत्रमा खटाइएको जानकारी दिए । गाेताखाेर सहितका तालिम प्राप्त कर्मचारीलाई उद्धार व्यवस्थापन सामाग्री सहित तयारी अवस्थामा राखिएको उनलेे बताए । गण्डकी प्रदेश भुकम्पिय एवम् जलप्रकाेपकाे दृष्टिकोणबाट अति जाेखीमयुक्त क्षेत्रमा पर्दछ । सशस्त्र प्रहरीले खाेज तथा उद्धारका काम गर्दै आएकाे र स्थानीय जनताको सेवा र सुरक्षामा हरपल काम गरिरहेको उनको भनाइ छ । उक्त अवसरमा सशस्त्र प्रहरी बल भानुका एसपी अशोक लम्सालले तनहुँ जिल्ला बाढी पहिरो , डुवान , जंगली जनावर , सवारी दुर्घटना , चट्याङ , आगलागी लगायतका विपतबाट ठुलो संख्यामा भाैतिक , आर्थिक , सामाजिक , वातावरणिय तथा मानविय क्षति भइ यश जिल्ला विपत जाेखिमकाे दृष्टिकोणले अत्यन्तै जाेखिमयुक्त जिल्लाकाे रूपमा रहेको बताए । यही विपतजन्य कार्यमा सहयोग पुगाेस भनेर यश किसिमको कार्यक्रम आयाेनना गरिएको लम्सालले बताए । उनलेे यस आर्थिक वर्षमा जिल्लामा सचेतनामुलक कार्यक्रमहरू ३३ पटक गरिएको , विपत व्यवस्थापनमा आगलागि नियन्त्रणमा १३ पटक , सवारी दुर्घटनामा १७ पटक सशस्त्र प्रहरी बल मनकामना गण भानुले काम गरेको बताए । उक्त कार्यक्रमकाे सञ्चालन सशस्त्र प्रहरी निरीक्षक भाष्कर बस्नेतले गरेका थिए भने व्यवस्थापन सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले गरेका थिए ।
























