महिला उद्यमी संघ तनहुँकाे अध्यक्षमा पुनः मल्ल

महिला उद्यमी संघ तनहुँकाे अध्यक्षमा पुनः मल्ल

महिला उद्यमी संघ नेपाल तनहुँकाे चाैंथाे वार्षिक साधारणसभा एवं दाेस्राे अधिवेशन बुधबार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुन निर्मला मल्ललाई सर्वसम्मत चयन गरेको छ । समितिकाे प्रथम उपाध्यक्षमा तुलसी शाह , द्धितीय उपाध्यक्षमा बेलु श्रेष्ठ , महासचिवमा सरस्वती श्रेष्ठ सरू , सचिवमा मञ्जु थापा र काेशाध्यक्षमा आशा बानियाँ चयन भएका छन् ।
यस्तै समितिकाे सदस्यहरूमा कमला सिग्देल , सपना श्रेष्ठ , मुन्नी खातुन , सुनिता चन्द ( सिम्रन ) गङ्गा श्रेष्ठ , विष्णु थापा र मुना कालिराज बि के चयन भएका छन् ।
यसैबीच समितिकाे पहिलो बैठक नवनिर्वाचित अध्यक्ष निर्मला मल्लकाे अध्यक्षतामा बसेकाे छ । बैठकले कानुनी सल्लाहकारमा सरिता भण्डारी र सल्लाहकारमा राधिका परियारलाइ चयन गरेको नवनिर्वाचित अध्यक्ष मल्लले बताइन् ।

त्यस अगाडि भएको कार्यक्रमकाे प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा महिला उद्यमी महासंघ केन्द्रीय सदस्य पार्वती पाैडेल रेग्मी तथा वडाअध्यक्षहरू एवम् बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियो ।सहभागीहरूले स्थापना भएको छाेटाे समयमै तनहुँ देशभरिमै उत्कृष्ट भएकोमा खुसी व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page