महिला उद्यमी संघ तनहुँ द्वारा तनहुँ प्रेसका कार्यकारी सम्पादक खनाल सहित ३ जना पत्रकार सम्मानित

महिला उद्यमी संघ तनहुँ द्वारा तनहुँ प्रेसका कार्यकारी सम्पादक खनाल सहित ३ जना पत्रकार सम्मानित

महिला उद्यमी संघ नेपाल तनहुँले पत्रकार महासंघ तनहुँका सदस्य एवम् तनहुँ प्रेसका कार्यकारी सम्पादक बिकास खनाल सहित जिल्लाका तीनजना पत्रकारलाइ सम्मान गरेको छ ।

महिला उद्यमी संघ नेपाल तनहुँकाे बुधबार दमाैलीमा भएको अधिवेशनका अवसरमा आयाेजित कार्यक्रममा खनाल सहित प्रादेशिक खबरका शिला वाग्ले र तनहुँ तरङ्गका मनिता पन्थलाई सम्मान गरेको हाे । कार्यक्रमका प्रमुख अतिथि व्यास नगर प्रमुख बैकुण्ठ न्याैपाने तथा विशिष्ट अतिथि केन्द्रीय सदस्य पार्वती पाैडेल रेग्मी र जिल्ला अध्यक्ष निर्मला मल्लले उनिहरूलाइ सम्मान गरेका हुन् ।

संघको गतिविधि पत्रकारितामार्फत प्रचारप्रसार गरेको योगदानका लागि उनीहरूलाई सम्मान गरिएको संघले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ न्यौपाने र संघकी अध्यक्ष निर्मला मल्लले सम्मानपत्र तथा दोसल्ला ओढाएर पत्रकारहरूलाई सम्मान गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page