व्यासका महिलालाई मादल बजाउने तालिम

व्यासका महिलालाई मादल बजाउने तालिम


तनहुँको व्यास नगरपालिका वडा नं २ ले आयोजना गरेको मादल बजाउने तालिममा व्यासका महिलाहरूकाे सहभागीता सक्रिय रूपमा रहेको छ । महिलालाई सीप सिकाउन वडा कार्यालयले तालिमको आयोजना गरेको मा महिलाहरूकाे सहभागीता दिनदिनै सक्रिय रूपमा रहेको वडा नं २ महिला समन्वय समिति सभापति इन्दिरा पण्डितले बताइन् ।

व्यास न पा वडा न २ कार्यालयले महिलाहरुका लागि १५ दिने मादल बजाउने तालिम यहि चैत्र १४ देखि २८ गते सम्म सन्चालनमा ल्याएको थियो । वडा भित्रका १७ वटा टोलबाट प्रत्येक टोलकाे २ जना सहभागी गराउने गरी महिलाहरूको माग र आबस्यकतालाई वडा कार्यालयले सम्बोधन एबम छनोट गरि तालिम सन्चालन गरिएको वडा सदस्य सुरेश वाग्लेले बताए । उक्त तालिमको व्यास नगरपालिका उपमेयर इन्दिरा दरैले उद्घाटन गरेकी थिइन् ।
सीप सिकेर आत्मनिर्भर बन्न पाउँदा महिलाहरू खुसी भएका छन् । घर टाेलतीर हुने कार्यक्रममा मादल बजाउने मानिस नहुँदा पैसा तिरेर मान्छे खाेज्न पर्दथ्याे तर अब आफ्नै हातमा त्यो सीप भएपछि पैसा जाेगिने भएको छ सहभागी महिलाहरूले भनेका छन् । कार्यक्रमकाे आज समापन हुँदैछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page