नेपाली काङ्ग्रेस व्यास ७ काे वडा भेला सम्पन्न

नेपाली कांग्रेस वडा कार्यसमिति व्यास ७ को वडा भेला सम्पन्न भएको छ । वडा सभापति युवराज गुरुङको अध्यक्षतामा कलेस्ती सामुदायिक भवनमा सो भेला सम्पन्न भएको हो। भेलामा वडा भित्रको राजनैतिक एवं सांगठनिक विषय, क्रियाशिल सदस्य नविकण र नयाँ क्रियाशिल वितरण, वडा भित्रको विकास निर्माण विषयक एजेन्डामा गहन छलफल भएको थियो । उक्त छलफलमा वडाको विकास निर्माण विषयमा उठेको गुनासोलाई नेपाली काङ्रेस नगर समितिका सदस्य एवं व्यास(७ का वडा सदस्य तथा ब्यास नगरपालिका कार्यपालिका सदस्य निला धिमिरेले वडा भित्र भएको विकास निर्माणको योजनाहरुकाे बारेमा धारणा राखेकी थिइन् ।

सो वडा भेलावाट उठेको समग्र जन गुनासोलाई पार्टीका सह सचिव केशबहादुर सुनारले सल्लाह, सुझाव सहित पाटिलाई सुदृढ र सवल बनाउन कृयाशिल सदस्यहरुको महत्त्वपूर्ण भूमिका रहने बताए । उक्त कार्यक्रमको सञ्चालन वडा सचिव विनोद कुमार गोशलीले गरेका थिए भने वडा सह सचिव शिवप्रसाद लामिछानेले स्वागत गरेका थिए ।

























