बन्दीपुरकाे बिस्केट जात्रामा सर्वसाधारणको भीडभाड
बन्दीपुरमा नयाँ वर्षकाे दिन हरेक वर्ष लाग्ने बिस्केट जात्रा भब्य रूपमा मनाइएको छ । भक्तपुरको निकै प्रख्यातमध्येको एक विस्केट जात्रा भएको र त्यहीँबाट आएर बन्दीपुर बस्ने पिया खलकले याे जात्रा मनाउने गरेका स्थानीय राजेन्द्र पियाले बताए । टेकनसिंह पियाका सन्ततीहरू मध्ये ५ जना पिया खलक रहेको उनलेे बताए ।

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको , मौलिक संस्कृति र परम्परा बचाउन हरेकबर्ष यस किसिमको जात्रा गर्दै आएकाे उनलेे जानकारी दिए । पिया खलकहरू ५ जनाकाे खलक रहेको र हरेक ५ वर्षमा एकपटक एउटा खलककाे पालाे आउने भन्दै उनलेे यसपटक सुकनारायण पिया खलककाे पालाे रहेको समेत बताए । बिहानैदेखि विधि पुर्वक पुजा गरेर मन्दिरको माथिबाट सिक्का छर्ने गरिएको र भक्तजनले सिक्का टिपेर राख्दा लक्षिन हुने जनविश्वास रहेको छ ।

























