तनहुँका प्रहरी प्रमुख एसपी शाही एक्सनमा उत्रिएपछि ट्यापे मुन्द्रेकाे भागाभाग
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बीरेन्द्र बहादुर शाही एक्सनमा उत्रिएपछि दमाैली र आसपासका ट्यापे मुन्द्रेहरूकाे भागाभाग भएको छ । पछिल्लो समय लागुओषध काराेबारमा संलग्न युवा तथा जुवाडेहरू र स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने माेटरसाइकललाई धमाधम पक्राउ गरि कानुनी कारबाहीमा ल्याउन थालेपछि उनीहरूकाे भागाभाग भएको हाे ।
खासगरी व्यास ३ स्थित शान्तिनगर , पञ्चमन्दीर , व्यास पराषर क्षेत्र तथा व्यास ४ काे कालिका मन्दिर आसपासका क्षेत्रमा बढी मात्रामा त्यस्ता गतिविधि हुने गरेको गुनासो पछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता एवम् गस्ती बढाए सँगै त्यस वरपरका स्थानमा बस्ने गरेका ट्यापे मुन्द्रेकाे हाेस हवास उँडेकाे छ । जसका कारण त्यस वरपरका क्षेत्र सान्त भएको स्थानीयले बताएका छन् । यस्तै गाेरखनाथ आश्रम लगायतका मठमन्दीर सहितका सार्वजनिक ठाउँहरूमा खासगरी साँझकाे समयमा अनैतिक गतिविधिमा संलग्न युवायुवतीकाे समेत प्रहरीकाे सक्रियताले उठिबास भएको र टाेलमा शान्त रहेको टाेल टाेलबासीहरू बताउँछन् । शान्तिनगर टाेलका अध्यक्ष राजकुमार श्रेष्ठले अहिले प्रहरीले बढाएकाे सक्रियताले टाेलमा शान्तिसुरक्षा महशुस गराएको भन्दै सधैं यसरी नैं प्रहरीको सक्रियता बढाउनपर्ने बताए । यहाँका स्थानीय सधैं शान्तिसुरक्षा चाहन्छन् अहिले जस्तैः सधैं हुनुपर्छ श्रेष्ठले भने । उनलेे प्रहरी सक्रियता प्रति प्रहरी प्रमुखको प्रशंसा समेत गरेका छन् ।
यस्तै तनहुँ प्रहरीले जिल्लाकाे आँबुखैरेनी गाउँपालिकाकाे बेनिटारमा स्पेसल फाेर्स नैं राखी लागू औषध नियन्त्रणमा लाग्दा दिनहुँ जसाे लागू औषध ओसारपाेसारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । चालू आर्थिक वर्षकाे साँढे ८ महिनामा लागू औषध सम्बन्धी ५१ वटा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यस्तै लागू औषध ओसारपाेसारमा संलग्न ६७ जना पुरूषहरू पक्राउ परेका छन् । यस्तै प्रहरी प्रमुख शाहीको सक्रियताले जिल्लामा गतवर्षका तुलनमा ठुला चाेरी , डकैती , लुटपाट र अपराधीक घटनामा समेत कमी आएकाे छ । प्रमुख शाही जिल्लामा आएकाे करिब ९ महिनाकाे अवधिमा फरार अभियुक्तहरू पक्राउ , अवैध नदीजन्य उत्खनन गर्ने सवारी साधनहरू नियन्त्रणमा लिइ कारबाही गर्ने , अवैध काठहरू बरामद गर्ने र ट्राफिक प्रहरीलाई दुर्घटना न्युनिकरणकाे लागि परिचालन गर्ने लगायतका कामहरू गरेका छन् । जिल्ला प्रहरी कार्यालयकाे तथ्यांकका अनुसार जुवातास नियन्त्रणमा करिब १ सय जनालाई पक्राउ गरि साँढे ९ लाख भन्दा बढी जरिवाना गरिएको , फरार प्रतिवादीबाट ३४ लाख भन्दा बढी रकम जरिवाना गरी कैद सजायका लागि अदालतमा पेश गरिएको जनाइएको छ ।

यता प्रहरी प्रमुख शाहीले प्रहरीले मात्रै गरेर याे काम सम्भब नहुने भन्दै सबै सराेकारवालाकाे सहयोगले
समाजमा शान्तिसुरक्षा अमनचयन कायम हुने बताउँछन् । उनलेे समाचार माध्यमबाट आउने सत्यतथ्य सुचना एवम् समाचारले ध्यानाकर्षण गराउने भन्दै त्यस्तो ठाउँमा प्रहरी गस्ती बढाउने , निगरानी गर्ने लगायतका काम गरिएको बताए । लागुऔषध सम्बन्धि यस आवमा मात्रै प्रहरीले सानाठूला गरी २ सय ८० वटा सचेतनामुलक कार्यक्रम गरिएको प्रमुख शाहीले जानकारी दिए ।बेराेजगारीकाे समस्या , घरायसी समस्या ,साथीहरूकाे लहैलहै लगायतका कारण युवाहरू कुलतमा फस्ने भन्दै उनलेे त्यस्तो कुलतमा फस्ने युवाहरूको आनिवानीमा परिवर्तन आउने हुँदा सबैभन्दा पहिला घरमा थाहा हुने र घरबाटै राेकथामकाे लागि सुरुवात गर्नसके विकराल रूप नलिने बताउँछन् ।

























